images
images
  • सहमति भएको १४ घण्टापछि बोले कुलमान घिसिङ

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सहमति गरेको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सहमतिबारे बोलेका छन् ।

    आइतबार राति ८ बजे सहमति भएकोमा घिसिङले केही बेरअघि मात्रै बोलेका हुन् ।

    उनले दुई पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको भन्दै पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएको दाबी गरे।

    यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images