images
images
  • दाउन्नेमा शीतलहरले सडक चिप्लो हुँदा १५ घण्टादेखि यातायात अवरुद्ध

    काठमाडौं– शीतलहरले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमन बन्द भएको छ ।

    दाउन्ने खण्डको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि १५ घण्टादेखि गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।

    प्रहरीका अनुसार सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको छ । शीतलहर कम भएपछि सडक खुल्नेछ ।

    निर्माणाधीन बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ ।

    काठमाडौंबाट बुटवल आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्नेमा जाममा फसेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images