images
images
  • सुदनको भूमिकालाई बालेनले प्रशंसा गर्दैं भने– देश बनाउने प्रयास गर्ने पात्र नै महत्त्वपूर्ण हुन्छन्

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको भूमिकाको प्रशंसा गरेका छन् ।

    रास्वपा, उज्यालो नेपाल पार्टी र आफूबीच एकता गराउन पहल गर्दै आएका गुरुङसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै बालेनले गुरुङको भूमिकामा बालेनको प्रशंसा गरेका हुन् ।

    बालेनले आफ्नो फेसबुक पोस्टमा देश निर्माणको सवालमा सबैले कुरा गर्ने तर वास्तवमा प्रयास गर्ने व्यक्ति नै महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् ।

    उनले सुदन गुरुङले निर्वाह गरेको भूमिकालाई ऐतिहासिक भन्दै लेखेका छन्, ‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ रु त्यो नै महत्त्वपूर्ण हुन्छ । बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यु, ब्रदर।’

    balen

    सोमबार मात्रै रास्वपा, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमतिमा पुगेका थिए ।

    उनले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूबीच संवाद र सहकार्यको वातावरण बनाउन सक्रिय भूमिका खेल्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images