काठमाडौं– आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि ६४ दलले मात्रै समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन्।
निर्वाचन आयोगमा दर्ता भएका एकसय दलमध्ये सोमबार र मंगलबार जम्मा ६४ दलले मात्रै समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएका हुन्।
निर्धारित समयमा समानुपातिक प्रणालीतर्फ ६४ वटा राजनीतिक दलबाट तीन हजार चारसय २४ जनाको उम्मदेवारी परेको निर्वाचन आयोगले जनाएको छ।
कतिपय दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने भएका छन्। आयोगका अनुसार ६४ वटा दल ५८ वटा चुनाव चिह्नबाट निर्वाचन लड्दैछन्।
५४ ओटा दल आआफ्नो चुनाव चिह्नबाट चुनाव लड्ने र १० वटा दल चारवटा चुनाव चिह्नमा निर्वाचन लड्दैछन्।
प्रतिक्रिया दिनुहोस्























