images
images
  • बालेनले ऋषि धमलालाई भने– म एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा–५ बाट चुनाव लड्छु, तपाईं कहाँबाट ?

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल गरेका छन् ।

    यसैक्रममा ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म बालेनले विभिन्न व्यक्तिहरुसँग अलग–अलग र सामूहिक छलफल गरेका थिए । छलफल आज पनि जारी रहने स्रोतले जनायो ।

    बालेनसँगको छलफलमा सहभागी पत्रकार ऋषि धमलाका अनुसार बालेनले आफू झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने बताएका थिए । झापाको क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । यही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ पनि उम्मेदवार सिफारिस भएका छन् ।

    धमलाले अनलाइनखबरसँग भने, ‘बालेनले म झापा ५ बाट चुनाव लड्छु, तपाईं प्रत्यक्षमा लड्ने कि समानुपातिकमा बस्ने भनेर सोध्नुभयो ।’

    ‘अनि मैले म राजनीतिमा आएँ भने प्रत्यक्षमै लड्छु, समानुपातिकमा बस्दिनँ भनेँ,’ धमलाले बालेनसँग भएको कुराकानी सुनाए, ‘प्रत्यक्षमा कहाँबाट लड्ने भनेर सोध्नुभयो । मैले सोचेर भनौंला भनेको छु ।’

    आज दिउँसो पनि बालेनसँग छलफल गर्ने सल्लाह गरेर छुट्टिएको धमलाले बताए

    प्रतिक्रिया दिनुहोस्
    images
    images