काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले स्थापना गरेको उज्यालो नेपाल पार्टी र ई.दीपक साह अध्यक्ष रहेको सर्वोदय पार्टीबीच चुनावी एकता हुने भएको छ ।
आज एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबिच चुनावी एकता हुने घोषणा गरिएको हो ।
दीपक साहले डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट अलग भएर हालै सर्वोदय पार्टी गठन गरेका थिए । निर्वाचनमा भाग लिन चुनावी एकता गर्न लागिएको अध्यक्ष साहले बताए ।
बदलिँदो परिस्थितिमा परम्परागत ढङ्गबाट राजनीति अगाडि नबढ्ने भएकाले नयाँ सोचका साथ स्थापना भएका दुई पार्टीबीच चुनावी एकता हुन लागेको उनले बताए ।
उनले भने, ‘अहिले चुनावी एकता भएर काम गर्दै गएपछि परिस्थितिले साथ दियो भने पार्टी एकता पनि हुनसक्छ तर अहिले चुनावी एकता मात्र गर्न लागिएको हो ।’
प्रतिक्रिया दिनुहोस्























