काठमाडौं– हिउँद लागेपछि एक झर पानी परेको छैन।
पश्चिमी बादलले आकाशमा कतैकतै बादल देखा परे पनि चिसो बढाउनेबाहेक अहिले पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पानी नपर्दा वायु मण्डलमा धुवाँ–धूलोका कणहरू जम्मा भएका छन्। जसले वायु प्रदूषण बढाएको छ।
तर, अर्को हप्ता भने हिउँदयामको पहिलो वर्षा देख्न सक्ने मौसमविद्हरु बताउँछन्।
मौसमविद्का अनुसार अर्को हप्ता पहिलो जाडोयामको वर्षा देख्न सक्छौं जसमा मौसम चिसो हुने छ । पहाडी भेगहरूमा हल्का हिउँ पर्नेछ र काठमाडौं र मध्य–पहाडमा सिमसिम पानी पर्नेछ वा बादल मात्र लाग्न सक्छ ।
तराईमा भने अर्को हप्ता पानी नपर्ने पूर्वानुमान गरिएको छ। तर यसले धेरै चिसो मौसम ल्याउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्























