images
images
  • मौसम पूर्वानुमान : देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला मौसम ?

    काठमाडौं– आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ ।

    आज दिउसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराई भूभागमा दिउसो पनि हुस्सु तथा कुहिरो रहनेछ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति पनि यही सिलसिला रहनेछ ।

    देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images