images
images
  • जाँचबुझ आयोगले ओली र लेखकको बयान लिने तयारी गरिरहेको बेला ओली भन्छन्– बयान दिन्न, गोली ठोके हुन्छ

    काठमाडौं– जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँचबुझ गर्न गठन भएको उच्चस्तरीय आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि डाक्ने तयारी गरेको छ ।

    केही सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बाँकी बयान सकेलगत्तै आयोगले दुवैलाई औपचारिक पत्र पठाउने तयारी गरेको हो । आयोग स्रोतका अनुसार ओली र लेखकलाई बयानका लागि बोलाउँदा कम्तीमा एक साताको समय दिने गरी पत्राचार गरिनेछ ।

    जाँचबुझ आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई औपचारिक रूपमा बयानका लागि बोलाउनेछ ।

    जेनजी आन्दोलनका क्रममा भएको दमन र आगजनी प्रकरणमा अब अनुसन्धान राजनीतिक नेतृत्व तहसम्म पुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारीले आयोगको अनुसन्धान निर्णायक चरणमा प्रवेश गरेको संकेत दिएको छ ।

    अब आयोगको पत्राचार र त्यसपछि हुने घटनाक्रमले यो संवेदनशील प्रकरणले कुन दिशा लिन्छ भन्ने तय गर्ने देखिन्छ ।

    ओली भन्छन्– बयान दिन्न, गोली ठोके हुन्छ
    जाँचबुझ आयोगले बयानका लागि बोलाउने गृहकार्य गरिरहँदा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूले जाँचबुझ आयोगमा बयान नदिने अडान दोहो¥याउँदै आफूलाई गोली ठोक्न चुनौती दिएका छन् । हालै एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै ओलीले भने, ‘जाँचबुझ आयोगमा बयान दिन्न, गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ ।’

    लेखक बयान दिन तयार
    आयोगका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकले पूर्वसूचना दिए कुनै पनि दिन आयोगमा उपस्थित भएर आफ्नो भनाइ राख्न तयार रहेको मौखिक सन्देश दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images