images
images
  • सरकारी टोलीले कांग्रेस, एमाले र नेकपाको कार्यालय अनुगमन गर्ने

    काठमाडौं– जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोली आज खटिँदैछ ।

    कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति फिल्डमा खटिन लागेको हो ।

    सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुग्ने कार्यक्रम छ । त्यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९तत्कालीन माओवादी केन्द्र० लगायत दलका कार्यालय पनि पुग्नेछ ।

    समिति मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, १ बजे नेकपा एमालेको कार्यालय च्यासल र ३ बजे नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडा जाने तालिका छ ।

    त्यसक्रममा सरकारी टोलीले आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा नेताहरुसँग छलफल गर्ने र जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन पनि गर्ने बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images