images
images
  • प्रधानमन्त्री सुशीला कार्की र रवि लामिछानेको भेटवार्तामा के भयो कुराकानी ?

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा उनीहरूबीच चुनाव केन्द्रित विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै उनले रास्वपाका सभापति लामिछानेसहित पदाधिकारीहरूसँग सकारात्मक वार्ता भएको बताएका हुन् ।

    मन्त्री खरेलका अनुसार खास गरेर आजको वार्तामा चुनाव केन्द्रित कुराकानी भयो। चुनावलाई कसरी स्वतन्त्र निष्पक्ष र धाँदलीरहित ढंगबाट निर्धारित मितिमै गर्न सकिन्छ भन्ने कुराहरूमा विशेष छलफल भयो र त्यसमा सरकारको तर्फबाट गरिरहेको तयारी, निर्वाचन आयोगले गरिरहेको काम, सुरक्षा निकायको अवस्था यी सबैका विषयमा कुराकानी भएको हो ।

    रास्वपाका सभापति लामिछानेलगायत पदाधिकारीले चुनाव आगामी फागुन २१ मै हुनुपर्ने, चुनाव निष्पक्ष स्वतन्त्र र धाँदलीरहित हुनुपर्ने तथा चुनावमा रास्वपाले भाग लिने बारेमा स्पष्ट रुपमा कुरा राखेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images