images
images
  • कुटपिट गरी श्रीमतीको हत्या, पक्राउ परे श्रीमान

    काठमाडौं– रोल्पामा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रुन्टीगढी गाउँपालिका –५ जस्पुरका ४८ वर्षीय अमराज दमाइ रहेका छन् ।

    अमराजलाई ५२ बर्षीया रिमा परियारमाथि कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

    मदिराले मातेका श्रीमान अमराजले श्रीमती रिमालाई शनिबार बेलुका ६ बजेतिर कुटपिट गरी गम्भीर घाइते तुल्याएको खबर इलाका प्रहरी कार्यालय होलेरीमा प्राप्त भएको थियो। खबर प्राप्त हुनसाथ इलाका प्रहरी होलेरीबाट पाँच जनाको प्रहरी टोली पुगेर घाइते रिमाको उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारका लागि पठाएको थियो । पौने सात बजेतिर चेकजाँच पछि चिकित्किसले रिमालाई मृत घोषणा गरेका थिए ।

    अमराजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । रिमाको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल रेउघामा पुर्‍याएको छ। 

    प्रतिक्रिया दिनुहोस्
    images
    images