images
images
  • भैरहवा विमानस्थलमा हुस्सुले भिजिवलिटी कम, काठमाडौंमै रोकिए रवि

    काठमाडौं– रुपन्देहीको भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान आउन नसक्दा रास्वपाका सभापति रवि लामिछाने काठमाडौँमै रोकिएका छन् ।

    बिहान साढे ८ बजे नै त्रिभुवन विमानस्थल पुगेका लामिछाने भैरहवा विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका हुन् ।

    फस्ट फ्लाइटमै रुपन्देही ल्याउने तयारी भए पनि विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बताएका छन् ।

    उनका अनुसार विमानस्थल खुलेपछि आएर जिल्ला अदालत उपस्थित हुनेछन् ।

    विमानस्थल खुल्न अझै समय लाग्न सक्ने रुपन्देहीका प्रहरीहरु बताउँछन् । प्रहरीका अनुसार भिजिवलिटी अहिले निकै कम छ, अब घाम लागेपछि मात्रै खुल्नेछ । सामान्यता भिजिवलिटी १८ सय हुनुपर्ने भए पनि अहिले जम्मा ३, ४ सय मात्रै रहेको छ ।

    उच्च अदालत बुटवलले हिजो लामिछानेलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो ।

    जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले आज निवेदन दिनेछन् । त्यसपछि जम्मा भएको २ करोड ७४ लाख रकम बैंक प्रतिनिधिले बुझ्ने र रविलाई कागज गराएर छाडिने अर्यालले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images