काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
आयोगका काम नसकिएको भन्दै अध्यक्ष गौरीबहादुर कार्कीले म्याद थपका लागि गरेको आग्रहअनुसार सरकारले सो निर्णय गरेको हो । गत असोज ५ गते गठित सो आयोगको म्याद पुस ९ गते तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























