images
images
  • अमेरिकाले दिन लागेको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

    काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराउन लागेको कोभिडविरुद्धको १५ लाख डोज खोप आउँदो सोमबार नेपाल आइपुग्ने भएको छ ।

    अमेरिकाले ‘कोभ्याक्स’ अन्तर्गत उपलब्ध गराउने जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

    एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपलाई अमेरिकाले निःशुल्क दिन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images