images
images
  • युके पठाउने भन्दै ५२ लाख ठगी, एक जना पक्राउ

    काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै रु ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको बताइएको छ ।

    रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images