images
images
  • मौसम पूर्वानुमान : कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज बिहान कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

    आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    भोलि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images