images
images
  • महाधिवेशन : एमाले पदाधिकारीमा कसैले फिर्ता लिएनन् उम्मेदवारी, १९ पदमा ४२ जनाको उम्मेदवारी

    काठमाडौ– नेकपा एमालेको जारी महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेदवारी दिएको कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।

    महाधिवेशनबाट पदाधिकारी १९ जना निर्वाचित हुनेछन् । तर १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको छ ।

    उम्मेदवारको अन्तिम नामावलीअनुसार १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको हो । अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ ।

    यस्तै उपाध्यक्षमा ११ जना, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे गरी २ जनाको उम्मेदवारी परेको छ। यस्तै उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images