images
images
  • दक्षिण कोरियाको ई–७ भिसाको कार्यविधिको रोक फुकुवा, कस्ता कामदारले पाउँछन् भिसा ?

    काठमाडौं– दक्षिण कोरियामा सीपयुक्त कामदार (ई–७ भिसा) पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा भएको छ ।

    उच्च अदालत पाटनको आदेशपछि उक्त कार्यविधिमा तत्कालका लागि लगाएको रोक फुकुवा भएको हो । वैदेशिक रोजगार विभागले ३१ भदौमा एक सूचना जारी गर्दै कार्यविधिको कार्यान्वयन तत्कालका लागि रोकिएको जनाएको थियो ।

    त्यसका विरुद्धमा परेको रिट निवेदनमा उच्च अदालतले रोक लगाउने सूचना कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । अदालतको आदेशपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ कात्तिकमा परिपत्र गर्दै ३१ भदौको सूचना कार्यान्वयन नगर्न भनेको थियो ।

    अदालतको आदेश जारी भएसँगै कार्यविधि कार्यान्वयनको चरणमा पुगेको छ । श्रम मन्त्रालयले ई–७ भिसामार्फत सीपयुक्त कामदार पठाउन ‘दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको थियो ।

    कोरियनले हाल इपिएसमार्फत कामदार लैजाने देशहरूबाट ई–७ भिसामार्फत सीपयुक्त कामदारसमेत लैजाने गरेको छ । नेपालबाटसमेत ई–७ भिसामार्फत कामदार पठाउनेगरी श्रम मन्त्रालयले कार्यविधि बनाएको थियो ।

    कस्ता कामदारले ई–७ भिसा पाउँछन् ?

    कोरियामै कार्यरत विदेशी कामदारका हकमा एक तहको भाषा परीक्षा उत्तीर्ण गरी कुनै पनि क्षेत्रका दक्षता भएका विदेशी कामदारलाई ई–७ भिसा दिँदै आएको छ । कोरियाली विदेश मन्त्रालयको वेबसाइटमा ई–सेभन भिसालाई ४ भागमा वर्गीकरण गरिरहेको छ ।

    पहिलोमा सेल्स, डेभलपर, सेल्स र जनसम्पर्कका क्षेत्रमा यस भिसामा काम गर्नेलाई महत्वमा राखिएको छ ।

    दोस्रोमा कुक, सेफ, होटल र स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाई दिइन्छ ।

    तेस्रोमा वेल्डिङ र पेन्टिङका क्षेत्रमा सीप भएकाहरूले पाउँछन् ।

    चौथोमा निर्माण र उत्पादनका क्षेत्रमा विशेष सीप भएका विदशी कामदारलाई यस भिसाको सुविधा पाउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images