images
images
  • महाधिवेशन : प्यानल टुंग्याउने ओलीको तयारी, महासचिवमा ज्ञवालीको बलियो सम्भावना

    काठमाडौं– शनिबारबाट सुरु भएको नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ।

    नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी ओली पक्षले आफ्नो प्यालन टुंग्याउने तयारी गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र पद्मा अर्यालको सम्भावना छ।

    त्यस्तै महासचिवमा प्रदीप ज्ञवाली र उपमहासचिवमा विष्णु रिमाल, रघुविर महाशेठ, छविलाल विश्वकर्माको सम्भावना रहेको जनाइएको छ ।

    त्यस्तै सचिवहरुमा शेरधन राई, हिम्कत कार्की, महेश बस्नेत, डाक्टर राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, खिमलाल भट्टराई, दोमादर भण्डारी र नारदमुनी रानामध्येबाट सम्भावना रहेको स्रोतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images