काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।
प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन् र आजै अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गर्ने कार्यक्रम छ।
कुमार इङ्नाम भूमि, राजेन्द्रसिंह भण्डारी श्रम, माधव चम्लागाईं वन र श्रद्धा श्रेष्ठ मन्त्री बन्ने भएका हुन्। श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्























