काठमाडौं– सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि परिचालन नीति तय गरेको छ ।
आगामी फागनु २१ गते हुने निर्वाचनका लागि १७ बुँदे परिचालन नीति तर्जुमा गरिएको सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए ।
निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको जिम्मेवारी त्रृटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको बताइएको छ ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा आइनसकेकोले यसपटको निर्वाचन चुनौतीपूर्ण मानिएको छ ।
१७ बुँदे निर्वाचन परिचालन नीति


प्रतिक्रिया दिनुहोस्























