images
images
  • दाङ बस दुर्घटनाका सबै घाइते डिस्चार्ज, चालक प्रहरीको नियन्त्रणमा

    काठमाडौं– दाङमा भएको बस दुर्घटनामा परी घाइते भएका सबै २२ जना यात्रुहरू प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन्।

    वडा प्रहरी कार्यालय लमहीका अनुसार बिहान भएको दुर्घटनामा २२ जना यात्रु घाइते भएका थिए । सबैलाई लमही अस्पतालमा प्राथमिक उपचार गरेपछि घर पठाइएको छ।

    दुर्घटनापछि बस चालक, डडेल्धुराको अमरगढी–७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीले दुर्घटनाको कारण प्राविधिक समस्या हुन सक्ने अनुमान गरेको छ। बसको पत्ता भाँचिएको भन्दै बस चालकले प्रहरी समक्ष बयान दिएका छन्।

    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको थियो।

     

    messenger creation

    प्रतिक्रिया दिनुहोस्
    images
    images