images
images
  • एमालेले राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगायो

    काठमाडौं– नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ ।

    बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो ।

    बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना सदस्यहरुको पनि महाधिवेशनमा सहभागिता रहनेछ ।

    एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images