images
images
  • प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न गगन थापाको नाम चार जिल्लाबाट सिफारिस, हेर्नुहोस् कुन–कुन ?

    काठमाडौं– आगामी प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रुपमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम चार जिल्लाबाट सिफारिस भएको छ ।

    १५ औं महाधिवेशनमा पार्टी सभापतिको दौडमा रहेका थापाको नाम काठमाडौं ४ सहित सर्लाही, रोल्पा, र धनकुटाबाट पनि थापाको नाम सिफारिस भएको हो ।

    काठमाडौं ४ मा थापाको एकल नाम सिफारिस भएको छ । सर्लाही ४ बाट थापा र वीरन्द्रप्रसाद सिंहको नाम सिफारिस भएर आएको छ। यो क्षेत्रमा गएको निर्वाचनमा अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    रोल्पाबाट महामन्त्री थापासहित लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, ज्ञानबहादुर वली र मन्दीप सुवेदीको नाम सिफारिस भएको छ । तर महामन्त्री थापाले आफू काठमाडौं ४ बाटै चुनाव लड्ने बताउँदै आइरहेका छन् ।

    थापा यसअघिका तीन निर्वाचनमा काठमाडौं ४ बाटै लड्दै आइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images