images
images
  • डीएसपी मधु नेपाल पक्राउ

    काठमाडौं– प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् ।

    नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

    उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    उनले भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ ।’ नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

    उनले बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको समेत बताए । नेपालकी दोस्रो श्रीमतीको खोजी कार्य भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images