images
images
  • घरदैलोमा पुगेर एमालेले दिन थाल्यो महाधिवेशनको निमन्त्रणा

    काठमाडौं– नेकपा ९एमाले०ले ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन थालेको छ । त्यसको औपचारिक सुरुवात उपमहासचिव प्रदीप ज्ञवालीले यो बुधबार बिहान काठमाडौँ–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट गरेका हुन् ।

    घरदैलोमा पुगेर निमन्त्रणा दिने कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन् । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी भएका छन् ।

    एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ बाट काठमाडौँमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images