images
images
  • महाधिवेशन : ओली र पोखरेल प्यानलबीच प्रतिस्पर्धा

    काठमाडौं– महाधिवेशनमा दुई प्यानल प्रतिस्पर्धा हुने भएको छ । एउटा प्यानल अध्यक्ष ओली र अर्को प्यानल वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने भएका छन् ।

    पछिल्लो संरचनागत परिर्वतन र विधान संशोधनले केही पद र संयन्त्र हटाएकाले अहिले पुनः संस्थागत पुनःसंरचना र पद दाबीलाई लिएर दुवै पक्ष सक्रिय छन् । ओली पक्ष आफ्नो संरचना र पक्षधर बढाउने काममा जुटेको छ भने पोखरेल पक्ष जसलाई केही प्रस्तावित विधान संशोधनले निशाना बनाएको देखिन्छ र त्यसले विरोध गर्दै आएको छ ।

    यसैबीच, प्रतिनिधि छनोटको क्रममा केही जिल्लाहरुमा पोखरेल पक्षले असन्तुष्टि जनाएको थियो । जसले निर्वाचन प्रक्रिया अव्यवस्थित भएको दाबी गरेको छ । पोखरेल पक्षले आफ्नो विचार राख्दै, अवधारणापत्र सार्वजनिक गरेको छ । पार्टीभित्र देखिएको प्रतिस्पर्धा, क्लस्टरमा आधारित प्रतिनिधित्व र विधान संशोधनका प्रस्तावहरूले एमालेको भविष्य र एकताका लागि दुवै सम्भावना र जोखिम देखिन्छन् ।

    सकारात्मक पक्षका रूपमा विस्तारित प्रतिनिधित्व, नयाँ युवा र युवा नेतृत्वलाई अवसर, विभिन्न जातीय, क्षेत्रीय, श्रेणीगत समावेशी संरचनामार्फत पार्टीलाई बलियो बनाउने अवसर देखिएको छ । पूर्वनिर्धारित नियम र संरचनामा फेरबदल गर्दा ४० वर्षमुनिका युवाको अलग क्लस्टर, घर फर्क अभियानअन्तर्गत फर्किएका नेताहरू, नयाँ पद, पुरानो÷नयाँ सदस्यहरूको समावेश यी सबैले पार्टी संरचनालाई नयाँ आयाम दिन सक्छ ।

    एमालेको ११औँ महाधिवेशनसँगै नेतृत्व, संगठन संरचना, प्रतिनिधित्व र संस्थागत पुनःसंरचना तिनको संसूचक बन्न लागेको छ । यदि विधान संशोधन, नयाँ क्लस्टर, विस्तारित केन्द्रीय कमिटी, समावेशी प्रतिनिधित्व, युवा र नयाँ नेताहरूलाई अवसर दिने व्यवस्था सफल हुन्छ, भने पार्टी नयाँ शक्ति र दिशा लिएर अघि बढ्ने सम्भावना देखिएको छ ।

    एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारी मैदानमा र बन्द सत्र काठमाडौंमा हुने भएको छ । महाधिवेशन सुरु हुन अब तीन दिनमात्रै बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images