images
images
  • सडकका बिरुवामा क्षति पुर्‍याउनेलाई ललितपुर महानगरपालिकाले एक लाख १० हजार जरिबाना तिरायो

    काठमाडौं– अफिस छेकेको भन्दै सडकका बोट बिरुवालाई क्षति पुर्‍याउनेलाई ललितपुर महानगरपालिकाले १ लाख १० हजार जरिवाना तिराएको छ ।

    श्री सिट स्केभ सीसीडेन्सी समाज ललितपुरलाई महानगरले एक लाख रुपैयाँ जरीवाना तिराएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । गत मंसिर १६ गते नै समाजले उक्त जरिबाना तिरेको हो ।

    बोट विरुवा हुर्काउन दशौँ वर्ष लाग्छ, तर पसल छेकिएको बाहनामा काटिदिँदा उक्त मेहनत खेर गएको हाछेथु बताउँछन् । यो जरिवानाले अन्यलाई सजग बनाउने विश्वास उनले व्यक्त गरे ।

    महानगरपालिकाले यसअघि पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गर्नेहरूलाई पनि चर्को जरिबाना तिराउँदै आएको थियो ।

     

    lalitpur

    प्रतिक्रिया दिनुहोस्
    images
    images