images
images
  • मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?

    काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images