काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्























