images
images
  • निर्वाचन आयोगको निर्देशन, ४० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न दलमाथि दबाब

    काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दै २० बुँदे निर्देशन जारी गरेको छ ।

    निर्वाचन आयोगले दिगो विकास लक्ष्य निर्धारण गर्दै विश्वव्यापी मञ्चमा प्रतिबद्धता जनाएअनुसार सन् २०३० सम्म संसदमा ४० प्रतिशत महिला सहभागिता गराउने विषयको ध्यानाकर्षण गराएको छ । विश्व मञ्चको प्रतिबद्धताअनुसार प्रत्यक्षतर्फसमेत महिला उम्मेदवार को संख्या बढाउन आयोगले दलहरूको ध्यानाकर्षण गराएको हो ।

    प्रत्यक्षतर्फको उम्मेदवारीको एकतिहाइ नघट्ने गरी छनोट गर्नसमेत आयोगले निर्देशन दिएको छ ।

    दिगो विकास लक्ष्य २०३० मा गरेको प्रतिबद्धताअनुसार ४० प्रतिशत पु¥याउने र संविधानमा उल्लेख भएको मौलिक हक तथा समावेशी सिद्धान्तको ख्याल गर्न आयोगले दलहरूलाई निर्देशन दिएको जनाइएको छ ।

    निर्वाचनको प्रचारप्रसारमा जातीय, भाषिक तथा धार्मिक भावनामा असर पुग्ने गरी कुनै किसिमको प्रचार नगर्नसमेत दलहरूको ध्यानाकर्षण गराइएको छ ।

    बालबालिकाको प्रयोग तथा परिचालन जस्तै धार्मिक अभियान तथा संघसंस्थाहरूको परिचालनमा समेत आयोगले कडाइ गर्ने संकेतसहित दलहरूको ध्यानाकर्षण गराइएको छ ।

    दलका घोषणापत्रहरूको विषयमा समेत आयोगले ध्यानाकर्षण भएको जनाएको छ । संविधानको भावना, दलहरूले पूर्ववत्रूपमा व्यक्त गरेका प्रतिबद्धताहरूलाई आफ् ना घोषणापत्रहरूको लेखनमा समेत ध्यान दिनसमेत आयोगले निर्देशन दिएको छ ।

    राजनीतिक दलका कार्यक्रमहरू विद्यालयमा नगर्न तथा लैंगिक एवं अपांगता मैत्री स्थान छनोटलाई ध्यान दिन समेत आयोगले निर्देशन दिएको छ ।

    निर्वाचन प्रचारका क्रममा प्रतिद्वन्द्वी उम्मेदवार लाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, आरोप लगाउने, हतोत्साहित गर्ने तथा चरित्रहत्या गर्ने क्रियाकलापमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images