images
images
  • एमाले महाधिवेशन : निर्वाचनको तयारी सुस्त

    काठमाडौं– नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आउन अब एक हप्ता मात्र बाँकी छ ।

    भक्तपुरको सल्लाघारीमा आगामी २७ मंसिरमा महाधिवेशन उद्घाटन गर्ने तयारी भइरहेको छ । केही जिल्लाको विवाद बाहेक महाधिवेशन प्रतिनिधि चयनको काम पनि सकिएको छ ।

    तर महाधिवेशनको अरू काम अगाडि बढिरहँदा निर्वाचनको तयारी भने सुस्त छ । अहिलेसम्म निर्वाचन आयोगको छुट्टै कार्यालय स्थापना हुन सकेको छैन भने केन्द्रीय कार्यालयमै पनि आवश्यक काम भइरहेको छैन ।

    आयोगका अनुसार यो महाधिवेशन नेतृत्व चयनका निम्ति भइरहेको छ । तर निर्वाचन आयोगले पाउनुपर्ने प्राथमिकता पाएको छैन । अहिलेसम्म आयोगलाई एउटा कम्प्युटर उपलब्ध गराउनु बाहेक अरु सहयोग केन्द्रीय कार्यालयबाट भएको छैन ।

    जबकि महाधिवेशनमा मतदान हुने लगभग निश्चित जस्तै छ । महाधिवेशन प्रतिनिधि चयन हुँदा नै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर भएर आएका छन् ।

    दुवै पक्षको तयारी हेर्दा सर्वसम्मतिबाट नेतृत्व चयनको सम्भावना देखिँदैन । नेतृत्व होडको अभ्यास देखेका आयोग सदस्यहरूले पनि आवश्यक तयारी अगाडि बढाउन खोजिरहेको छ ।

    उनीहरूका अनुसार आयोगका अध्यक्ष डा। विजय सुब्बाले आवश्यक सहयोगका निम्ति निकै पटक आग्रह समेत गरिसकेका छन् । ‘अध्यक्षले धेरैपटक ध्यानाकर्षण गराइसकेका छन् । तर अहिलेसम्म आवश्यक सामग्रीहरू उपलब्ध हुन सकेको छैन ।

    प्रतिनिधिहरूको अन्तिम नामावली आयोगले पाएपछि नेतृत्व निर्माणको प्रक्रिया अगाडि बढ्ने भएपनि त्यसअघि गर्नुपर्ने काम समेत हुन नसकेको छैन । उम्मेद्वारी फारम छाप्ने र मुचुल्काहरू तयार पार्ने जनाइएको छ । तर यसप्रति पार्टी कार्यालयको ध्यान नदिएको आयोगले जनाएको छ ।

    चुनावका लागि आयोगमा करिब ६० जना कर्मचारी चाहिने प्रक्षेपण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images