images
images
  • ६० किलो ‘सुन’ तस्करीमा संलग्न मुख्य नाइके दावा अझै फरार, राजनीतिक संरक्षणको आशंका

    काठमाडौं– सुन तस्करीमा संलग्न भई पुर्पक्षका लागि जेलमा रहेका तिब्बती मूलका बेल्जियम नागरिक नेपाली नाम निमा भनिने दावा छिरिङ भागेको तीन महिना पुग्न लाग्दासमेत पक्राउ पर्न सकेका छैनन् ।

    भदौ २३ र २४ गतेको आन्दोलनपछि उनी २०८२ भदौ २५ गते जगन्नाथदेवल जेलबाट भागेका थिए । विभिन्न जेलबाट भागेका ६ हजारभन्दा धेरै कैदी अझै जेल फर्किएका छैनन् ।

    दावासहित केही विदेशीले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट नागरिकता खरिद गरी सुन तस्करी गरिरहेका थिए । सुन तस्करीमा पक्राउ परेपछि गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले नागरिकता खरिद बिक्री र सुन तस्करीमा राजनीतिक संरक्षणमा माथिल्लो तहको संलग्नताको पुष्टि गरेको थियो ।

    तर, पनि उक्त तहमा अनुसन्धान गर्ने क्रम तत्कालीन समयमा हुन सकेन । २०८२ असोज २६ गते प्रकाशन गरेको फरार बन्दीहरूको सूचीमा जगन्नाथदेवल कार्यालयबाट तिब्बतियन मूलका बेल्जियम नागरिक नेपाली नाम निमा तामाङ भनिने दावा छिरिङ फरार देखिएका छन् ।

    चीन, रुस, पाकिस्तान, दक्षिण अफ्रिका, भुटान, क्यानाडा, म्यानमार, मलेसिया, बंगलादेश, अमेरिका, सुडान, साउथ अफ्रिका, थाइल्यान्ड, युक्रेन, युगान्डा, जिम्बाबे, बोलोभिया, भेनेजुएला, अफ्रिका, क्यामरुन, ब्राजिल, म्यानमार, बेलायतलगायतका मुलुकका १ सय ८ जना छन् भने छिमेकी देश भारतका मात्रै ५ सय ४० जना छन् ।

    २०८० भाद्र १० गते जिल्ला प्रशासन कार्यालय काभ्रेबाट ६ विदेशी नागरिकले फर्जी कागजात तयार गरी नागरिकता र राहदानी लिएको प्रमाणित भएको थियो ।

    दावा फरार हुँदा राजनीतिक संरक्षणको आशंका
    भदौ २३ र २४ गतेको आन्दोलनपछि २५ गते जेलबाट भागेका दावा पक्राउ परेका छैनन् तर सुन तस्करीको अभियोगमा उनै दावासँग सम्पर्क देखिएका कृष्णबहादुर महरा भने पक्राउ परेका छन् । उनीसँग अन्य केही नेताहरूको पनि सम्बन्ध देखिएको श्रोतले जनाएको छ ।

    नेपाल बस्दा दावाको सम्बन्ध र सम्पर्क माओवादी नेता कृष्णबहादुर महरा र अन्य केही नेतासँग देखिएको थियो । उनले नेपाली युवती रोल्पा घर भएकी अमला रोक्कासँग विवाह गरेको कागजात पेस गरेका थिए ।

    अमलाका श्रीमान् अझै पनि रोल्पामा नै छन् । उनीहरूबीच सम्बन्ध विच्छेद पनि भएको छैन । उनी फरार थिइन् । पछिल्लो समय उनलाई अदालत उपस्थित गराएर धरौटीमा रिहा गरिएको थियो ।

    ठमेलको होटल भियानामा छापा मारी दावालाई पक्राउ गरिएको थियो । १९ वर्षअघि पनि उनी पक्राउ परेका थिए ।

    उनले २०७४ पुस २० गते काभ्रेबाट नागकिरता लिएको खुलेको थियो । उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो ।

    २०८० साउन ३ गते ब्रेक सुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images