काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाउन योजना बनाउनेले व्यक्तिले जस नपाई तेस्रो पक्षले पाएको टिप्पणी गरेका छन् ।
उनले त्यसकै नाममा पार्टीसमेत खोलेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘उज्यलो नेपाल पार्टी’ घोषणा गरेकामा इंगित गर्दै लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले भनेर फेसबुकमा लेखेका छन्। उनले भनेका छन्, जसको योजना उसैलाई श्रेय दिने कहिले रु
उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























