images
images
  • किन उठ्यो कुलमानको उज्यालो नेपाल पार्टीमाथि प्रश्न ?

    काठमाडौं– ऊर्जा, भौतिक तथा सहरी विकास गरी ३ वटा मन्त्रालयको जिम्मेवारीमा रहेका कुलमान घिसिङ बुधबार आफैं संरक्षण रहेको उज्यालो नेपाल पार्टीको कार्यक्रममा सरिक भए । कार्यक्रममा उपस्थित हुँदा उनको चौतर्फि आलोचना भएको छ ।

    सुशीला कार्की नेतृत्वको सरकार नागरिक सरकारको रूपमा रहेको हुँदा वर्तमान सरकाको मुख्य उद्देश्य २१ फागुनमा हुने निर्वाचन सम्पन्न गर्नु रहेको छ ।

    निर्वाचन गराउने जिम्मेवारीमा रहेको तटस्थ र निर्दलीय सरकारका मन्त्री यसरी खुलेआम पार्टीको कार्यक्रममा सरिक हुँदा त्यसले सरकारको विश्वसनीयता माथि गम्भीर प्रश्न सिर्जना हुने विश्लेषकहरू बताउँछन् ।

    मन्त्री कुलमानले पार्टीको गतिविधिमा सक्रिय हुने भए मन्त्री पदबाट राजीनामा दिएर सरिक हुन नागरिक अगुवाले सुझाएका छन् ।

    मन्त्री घिसिङले पूर्व सचिव अनुपकुमार उपाध्यायलाई तदर्थ अध्यक्ष बनाएर दर्ता गरिएको उज्यालो पार्टीले बुधबार कार्यक्रमको आयोजना गरी पार्टीको सार्वजनिक घोषणासमेत गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images