images
images
  • विदेश पठाउने भन्दै १४ करोड १३ लाख ठगी गर्ने पक्राउ

    काठमाडौँ – वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट रु १४ करोड १३ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा हिजो आइतबार पक्राउ गरिएको हो ।

    निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images