images
images
  • राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गर्ने तीन जना पक्राउ

    काठमाडौँ – राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गरेको अभियोगमा तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१८ बस्ने ४५ वर्षीय मनराज श्रेष्ठ, काठमाडौं कीर्तिपुर नगरपालिका–५ बस्ने बझाङ बित्थडचिर गाउँपालिका–६ घर भएका १९ वर्षीय हेमन्त सिंह ओखेडा र ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने प्युठान नगरपालिका–८ घर भएका ३० वर्षीय दिपेश के.एम रहेका छन् ।

    राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाई अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीहरूको कामकारवाहीमा समेत अवरोध पुर्याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images