images
images
  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उनको बुबा रामनारायण शाहको निधन भएको छ ।

    सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । 

    मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो ।

    शाहको शरीरमा रगत समेत जाम भएको थियो । उनलाई त्यसपछि भेन्टिलेटरमा राखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images