images
images
  • कांग्रेस विवाद झन् संकटको मोडमा

    काठमाडौँ – जेनजी आन्दोलनले कडा धक्का खाएको कांग्रेसमा आन्तरिक विवादपनि जटिल मोडमा पुगेको छ । जसका कारण जारी केन्द्रीय समितिको बैठक कैयौं पटक तोकिँदै स्थगितहुँदै आएको छ । पछिल्लो पटक आइतबारका लागि तय भएको बैठक शनिवार रातीपुनस्थगितगर्दै सोमबार सारिएको छ । यसअघि पनिअन्तिम समयमाआएर पटक पटक स्थगितहुँदै आएको छ ।

    आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पटक–पटक सर्दै आएको छ । जेनजी आन्दोलनपछि पार्टीको १५औँ महाधिवेशनकहिले गर्ने भन्ने सम्बन्धमाहुँदै आएको रस्सा कस्सीले पार्टीलाई झनै जटिल मोडमा पु¥याएको कांग्रेस नेताहरूले बताएका छन् ।

    सभापति देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा देउवा जेनजी आन्दोलनका क्रममा घरमै कुटिए पश्चात् स्वास्थ्यको कारण देखाउँदै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि उनी उपचार गर्ने भन्दै सिंगापुर गए । यता, पार्टीको केन्द्रीय समितिको बैठक बसेपनि सो बैठकले महाधिवेशसन कहिले गर्ने भन्नेमा महिनौंदेखि टुंगो लगाउन सकेको छैन।

    नियमित र विशेष महाधिवेशन त्यो पनि चुनाव अघि कि पछि भन्ने गहन विवादमा कांग्रेस नराम्ररी फस्दै आइरहेको छ । कार्यवाहक सभापति खड्काले विवाद मिलाउन नसकेपछि पार्टी सभापति देउवा पुनः सक्रिय हुन थालेका छन् । विवादको भुमरीबाट बाहिर निसक्न नेताहरू देउवाकै ढोकामा जान बाध्य भएका छन् ।

    महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा पक्ष विशेष महाधिवेशन हुनुपर्ने पक्षमा छ तर संस्थापन समूह भने २१ फागुनको निर्वाचन पछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छ । यही विवादको समाधान हुन नसक्दा कांग्रेस बैठक महिनौंदेखि अनिर्णीत हुँदै आएको छ । यी दुवै गतिविधिले पार्टी जटिल मोडमा पुगेको छ । त्यस माथि यी विवादलाई पार लगाउन आफू अक्षम बन्दै गए पश्चात् कार्यवाहक सभापतिले पदबाट बिदा हुन्छु भन्न थालेपछि झनै सकस बढेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images