काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले विज्ञमार्फत कुलपति चयन गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेकी छन् । त्रिभुवन विश्वविद्यालयको सभामा एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको डोकोभरि भारी बोकेर हिँड्न नसक्ने बताएकी हुन् । उनले सबै विश्वविद्यालयलाई स्वायत्ततामा लैजानुपर्ने बताइन् । उनले भनिन्– ‘अब विज्ञबाट कुलपति छनोट गर्ने विधि उपयुक्त हुन्छ । एउटै मान्छेले १९ वटा विश्वविद्यालयको कुलपति हुने कुरा आउँदैन ।’
एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति सभाले खोजेर विज्ञमार्फत हुनुपर्ने बताइन् । यसअघि प्रधानमन्त्री राजनीतिबाट आएका कारण सभा हुन नसकेको बताउँदै कुलपति कार्कीले अब कुनै पनि विश्वविद्यालमा त्यस्तो अवस्था नआउने जिकिर गरिन् । ‘विज्ञबाट कुलपति छनोट गर्न मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ । विश्वविद्यालयलाई राजनीतिकरण गर्नुहुँदैन । स्वतन्त्रता दिनुपर्छ आफ्नो कार्यक्रम आफैं सञ्चालन गर्नसक्ने क्षमतावान बनाउनुपर्छ’ –उनेले भनिन् ।
‘अब विश्वविद्यालयले आफैंले कमाएर खर्च गर्नेगरी सक्षम बनाउनुपर्छ । सरकारले अनुदान दिनेमात्र हो । मद्दत सरकारले गर्नेछ’ –उनले भनिन् । ।
देशको कमजोर आर्थिक अवस्थाका कारण अपेक्षित रूपमा विद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई सेवा सुविधा उपलब्ध गराउन असहज भएको भन्दै त्रिभुवन विश्वविद्यालयलाई आत्मनिर्भरतातर्फ अघि बढ्न र स्वआर्जनका विभिन्न स्रोतहरू खोज्न र अन्तर्राष्ट्रिय अनुदान र कार्यक्रमहरूमा समेत संलग्न भई आर्थिक स्रोतहरूको संकलन गर्न अनुरोध गरेकी थिइन् ।


विश्व खबर 




















