images
images
  • यूएईले नेपालीलाई भिसा दिन थाल्यो, पुलिस रिपोर्ट अनिवार्य

    काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीमा रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान प्रहरीको चारित्रिक प्रमाणपत्र भने अनिवार्य चाहिने भएको छ ।

    यससँगै रोजगारी तथा भ्रमणका लागि यूएई जान चाहनेहरुले भिसा पाउन थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । 

    त्यसो त यूएईले नेपालीलाई भिसा रोकेको कुरा हालसम्म औपचारिक रुपमा केही बताएको थिएन । भिसा खुलाएको कुरा पनि औपचारिक रुपमा नेपाललाई जानकारी गराइएको छैन ।

    भदौ २४ गते जेनजी प्रदर्शनपछि जेलबाट कैदी भागेको विषयलाई कारण देखाउँदै यूएईले भिसामा रोक लगाएको थियो । जेलबाट भागेकाहरुको अवस्थाबारे यूएई विश्वस्त हुन चाहेको थियो । भिसा रोकिएपछि परराष्ट्र मन्त्रालयले यूएई सरकारसँग निरन्तर संवाद गरेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसाय संघले पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images