images
images
  • महिला हिंसाको कुरा मात्र गर्ने होइन, सशक्तीकरणमा ध्यान दिऔँ : उपसभामुख इन्दिरा

    काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्न सिकाउनुपर्ने बताएकी छन् । राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा उनले लैंगिक हिंसा बढिरहेको बताउँदै सानैदेखि महिला र पुरुषबीच एकअर्कालाई सम्मान गर्न सिकाए लैंगिक हिंसामा कमी आउने बताएकी हुन् ।

    उपसभामुख राना मगरले पछिल्लो समय महिला तथा किशोरीमा साइबर आक्रमण अत्यधिक देखिएको भन्दै यसविरुद्ध सचेतना र उनले हिंसा रोक्न पुरुषको पनि साथ हुनुपर्नेमा जोड दिएकी हुन्।

    १६ दिने अभियानमा महिलाको गीत मात्र गाउने र हिंसाको कुरा मात्र गर्ने होइन, महिलालाई कसरी सशक्त बनाउने भनेर सोच्नुपर्छ भन्ने उनको तर्क थियो । सबै महिलाहरुमा एक भएर जाग्नुपर्छ, महिलामैत्री संरचनाको विकास, महिला सशक्तीकरणका कार्यक्रम, नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने भन्ने कुरा सिकाउनु पर्ने आवश्यकता रहेको उनले बताइन् ।

    नेपाल प्रहरीअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रतिनिधि प्रहरी उपरीक्षक ९एसपी० वसन्धुरा खड्काले लैंगिक हिंसा अन्त्य गर्न साहस, ऐक्यबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याइन् ।

    कार्यक्रममा मनोचिकित्सक डा वासुदेव कार्कीले डिजिटल प्रविधिलाई स्वस्थ्यकर तथा विवेकपूर्ण ढंगले चलाउन सके त्यसबाट हुने हिंसा तथा त्यसले उत्पन्न गराउने मानसिक असरबाट बच्न सकिने बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images