images
images
  • एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानको अध्यक्षमा पूर्वअध्यक्ष शेष घले चयन भएका छन्।

    संघका प्रमुख संरक्षक समेत रहेका घलेलाई प्रतिष्ठानको नेतृत्वमा चयन गरिएको अध्यक्ष कुमार पन्तले जानकारी दिए।

    पन्तका अनुसार यो प्रतिष्ठानले नेपालको सामाजिक–आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमी गर्नेछ।

    प्रतिष्ठानका बाँकी सदस्यहरू घले स्वयमले मनोयन गर्ने पन्तको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images