काठमाडौँ – खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालसहित तीन पार्टीबीच एकीकरणबारे गृहकार्यमा जुटेका छन् । कुलमान घिसिङको साथ रहेको भनिएको उज्यालो नेपाल पार्टी, नागरिक उन्मुक्ति पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालबीच एकीकरणको लागि छलफलमा जुटेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले आफूहरू एकताको अन्तिम तयारीमा जुटेको बताए । उनले मंगलबार मात्रै पनि कुलमान घिसिङसहितको बैठक बसेर एकताबारे छलफल भएको बताएका छन् ।
हामी एकताको नजिक पुगेका छौँ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि मर्ज भएर एउटै चुनाव चिह्नमा चुनाव लड्नेगरी अघि बढ्ने तयारी भएको जनाइएको छ । उनले केही प्राविधिक विषय मिलाएर छिट्टै एकताको मिति घोषणा हुने समेत बताए ।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता चौधरी रहेकी छन् भने हाम्रो पार्टीको अध्यक्ष खगेन्द्र सुनार रहेका छन् ।





















