images
images
  • मंसिर २५ गतेसम्म रास्वपाका उम्मेदवारले मोबाइल एपबाटै आवेदन दिन पाउने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फको उमेदवार हुन चाहनेले मोबाइल एपबाटै आवेदन दिन सक्ने भएका छन् ।

    रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मोबाइल एपमार्फत नै उमेदवारी दिन सकिने गरी आवेदन खुला गरेको हो । रास्वपाले योग्यता पुगेका इच्छुक पार्टीका सदस्यहरूलाई रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन आह्वान गरेको छ ।

    पार्टीले उमेदवारी दिनका लागि मंसिर २५ गतेसम्मको समयसीमा तोकेको छ । उमेदवार छनोटको मापदण्ड तथा रूपरेखाबारे पार्टीको वेबसाइटमा राखिएको रास्वपाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images