images
images
  • निर्वाचन आयोगद्वाराा मतदाताको उमेरको समय निर्धारण

    काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदताको उमेरको समय निर्धारण गरेको छ ।

    आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई समय कायम गर्ने निर्णय गरेको छ । आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म आयोगलाई जानकारी दिन सकिनेछ ।

    विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते आयोगले मतदताको अन्तिम नामावाली सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images