images
images
  • एमाले युवाको प्रदर्शनमा महेश बस्नेतले भने, ‘जेनजीले गर्छ जहाँ अवरोध, त्यहाँ हुन्छ प्रतिरोध’

    काठमाडौं – एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

    एमालेको युवा नेताहरु ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।

    उनले खास जेनजीहरूका माग सम्बोधन एमाले नै गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते र शहीदहरूलाई न्याय दिन पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताएका छन् ।

    ‘अध्यक्ष केपी शर्मा ओलीले आज फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्दैछन् । नेता बस्नेतले पालिका, वडा र टोलटोलमा सुरक्षा दिनका लागि फोर्स बनाइने जानकारी दिए ।

    उनका अनुसार विभिन्त पेशागत संस्थासँग पनि सहकार्य भएका कारण अब राष्ट्रिय सम्पत्ति जलाउने तोडफोड गर्ने काम हुँदा टुलुटुलु हेरेर नबसी त्यस्ता गतिविधि रोक्ने प्रयास हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images