images
images
  • परिषद्को निर्णय: ४ जना एआईजीहरुको सरुवा, एकजना बढुवा

    काठमाडौं । मन्त्रिपरिषद्ले प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना एआईजीहरुको सरुवा, एकजनाको बढुवा र पदस्थापन गरेको हो ।

    काठमाडौं उपत्यकाको कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालको ७ महिनामै सरुवा भएको छ ।

    महानगरीय प्रहरी कायालय, रानीपोखरीबाट उनलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ । महानगरीय प्रहरी कार्यालयमा प्रधुम्न कार्कीलाई ल्याइएको छ । एआईजी पाल ०७७ मंसिर २५ मा उपत्यकाको प्रहरी प्रमुख बनेका थिए ।

    भर्खरै बढुवा भएका एआईजी सह कुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images