images
images
  • एमालेको र्‍याली रोक्न माइतीघर पुगे जेनजी आन्दोलनका घाइते

    काठमाडौं – नेकपा एमालेले आज नेशनल भोलेन्टियर फोर्सको नाममा आज नयाँ संगठन घोषणा गर्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बबरमहल हाइटमा रहेको कार्की बैंक्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेका हुन्।

    तीनकुनेबाट एकालेको र्‍याली माइतीघरतर्फ निस्किसकेको छ । तर यसैबीच जेनजी समूहका घाइते भन्दै एउटा समूह माइतीघर मण्डलमा धर्नामा बसेको छ । उनीहरूले आफूहरू न्यायका लागि लडिरहेको भन्दै त्यहाँ कसैलाई आउन नदिने बताइरहेका छन् । अहिले प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।

    तर एमालेको र्‍यालीबीच जेनजी सडकमा उत्रिएपछि तनावको सम्भावना बढेको हो । उनीहरूले एमालेको गतिविधिप्रति आक्रोश व्यक्त गर्दै नाराबाजी गरिरहेका छन्। सम्भावित मुडभेडलाई ध्यानमा राख्दै माइतीघर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images